काठमाडौँ । अभिनेता राजेश हमालले ‘महानायक सम्मान’ लिएका छन् । शनिबार भक्तपुरको दुई पोखरीमा आयोजित ‘चौंथो एपिक नेपाल अवार्ड’ हमाललाई एक लाख एक हजार एक सय एघार राशिको ‘महानायक’ सम्मान पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदान गरेका हुन् ।
कार्यक्रममा हमाल पत्नी मधुसहित नेवारी पहिरनमा उपस्थित भएका थिए । हमाललाई नेवारी पहिरनमा देख्दा स्थानीयहरुको अनुहारमा खुसीको चमक देखिएको थियो । कार्यक्रममा उनलाई हेर्नकै लागि भीड लागेको थियो ।
सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं ४ को संयुक्त सहकार्यमा भएको अवार्ड चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल लगायतको समेत उपस्थिति थियो ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend