logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

    स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

    4.9K
    Shares
    स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छे« बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

    सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र माछापुच्छे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।

    बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छे« बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

    यस सम्झौता पश्चात माछापुच्छे« बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन्। साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend