logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • कुमारी बैंकको नाफा घट्यो

    कुमारी बैंकको नाफा घट्यो

    3K
    Shares
    कुमारी बैंकको नाफा घट्यो

    काठमाडौँ । कुमारी बैंकको नाफा घटेको छ । हालैमात्र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा गएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफाको अधिक प्रतिशत नोक्सान व्यवस्था (प्रोभिजन) गर्नुपर्दा नाफा घट्न पुगेको हो ।

    बैंकले चालुआर्थिक वर्षको पुसमसान्तसम्म १ अर्ब ५० करोड ५३ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । अघिल्लो त्रैमासमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    यता मर्जरपछि कुमारीमा मिसिएको एनसीसी बैंकले पहिलो त्रैमासमा ५१ अर्ब ६८ करोड खुद नाफा कमाएकोमा दोस्रो त्रैमासमा खराब कर्जाको दर बढ्दा घाटामा रहेको देखाएको छ । जसले गर्दा कुमारीको नाफा प्रोभिजनमा जाँदा नाफामा संकुचन आएको हो ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुमारी बैंकको खुद नाफा १ करोड ६ लाख रुपैयाँ बचेको छ ।

    कुमारी बैंक र एनसीसी मर्जरपछि गत पुस १७ गतेदेखि एकीकृत कारोबारमा गएका थिए । मर्जरपछि कुमारी बैंकको कर्जा प्रवाह कुल २ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप परिचाललन २ अर्ब ९९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend