logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेनः सदस्स्यसचिव घिसिङ

    आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेनः सदस्स्यसचिव घिसिङ

    2.4K
    Shares
    आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेनः सदस्स्यसचिव घिसिङ

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताएका छन् ।
    सोमवार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए । उनले मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी परिषद्ले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको बताए । उनले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको बताए । उनले राज्यले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको बताए । उनले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताउनु भयो । उहाँले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बताए ।

    उनले भने, ‘एशियन गेम्समा रहेका २३ वटा खेलहरुको ट्रेनिङ मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी हामीले बैठकमा निर्णय गरेका थियौँ । साथै अरु ४ वटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ । एउटा रणनीतिक सहभागिता आम सहभागिताका हिसावले सोचेका छौँ । रणनीतिक सहभागिता भनेको मेडलका लागि सम्भवना प्रवल भएको खेल र खेलाडीलाई रणनीतिक सम्भावनाको तयारीका साथ जुट्ने । दक्षिण एशियाली खेलकुदको अनुभवले एशियन गेम्समामा आफूलाई निकै प्रतिष्पर्धात्मक रुपमा अघि निम्त्याउनका लागि ठूलो अनुभव आर्जन गर्न सक्नुहुन्छ । एउटा खेलाडी बराबर मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्नेछ । तर खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ । हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो । त्यो खेलाडीले देशलाई मेडल दिलाउँछ । खेलमा न राजनीति हुन्छ न अरु केही ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend