logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पल्सर स्पोट्र्स अवार्डमा ५ वटा मोटरसाइकल दिइने

    पल्सर स्पोट्र्स अवार्डमा ५ वटा मोटरसाइकल दिइने

    3.8K
    Shares
    पल्सर स्पोट्र्स अवार्डमा ५ वटा मोटरसाइकल दिइने

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै १९औं संस्करणको पल्सर स्पोट्र्स अवार्ड २०७८ आगामी फागनु २३ गते गर्ने जनाएको हो ।

    २०७८ सालभर नेपाली खेलकुदमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्पmत सम्मान गरिनेछ । सोमवार नै एनएसजेएफ स्पोट्र्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रवन्ध निर्देशक गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पु¥याएका खेलकर्मीको सम्मानमा जोडिन पाउँदा खुशी लागेको बताए ।

    अवार्ड कार्यक्रममा मञ्चले वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेण्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्टलाई अवार्ड वितरण गर्दैछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

    अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी शुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । मञ्चका अध्यक्ष सुवेदीले अर्थतन्त्र नै शिथिल भएको अवस्थामा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद् पक्ष रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend