logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

    पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

    4.1K
    Shares
    पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

    काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् ।

    उनले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए । उनले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको बताए । उनले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

    उनले भने,‘ पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेको छ । तर कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको छ । नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर रहेको छ । अरु देशको तुलनामा नेपालको कफी उत्पादन कम हो । नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ । नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा अन्य केही खेतीमा सुधार गरी उत्पादन र खेती बराबरी अवस्थामा पु¥याउनु पर्छ । नेपालमा खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै गएको छ । नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी छै्रनन् । भएका जातहरु पनिमा पनि सेतो कबायरले सखाप बनाएको छ ।’

    उनले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताए । उनले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend