logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • एमबाप्पे चम्किँदा पीएसजी ७ शून्यले विजयी

    एमबाप्पे चम्किँदा पीएसजी ७ शून्यले विजयी

    3.2K
    Shares
    एमबाप्पे चम्किँदा पीएसजी ७ शून्यले विजयी

    काठमाडौं। शानदार जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    सोमबार राति भएको खेलमा एमबाप्पे जम्किँदा पाएस डी कासेलमाथि ७–० गोल अन्तरले विजयी हुँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

    पीएसजीको जितमा केलियन एमबाप्पेले एक्लै ५ गोल गरे । खेलको २९, ३४ र ४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका एमबाप्पेले ५६ र ७९ औं मिनेटमा थप दुई गोल गरेका हुन् ।

    पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडीको रुपमा एमबाप्पेले नामसमेत लेखाएका छन् ।

    अन्य दुई गोल नेयमार र सोलेरले गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend