logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • युक्रेनलाई युरोपेली सङ्घको सैन्य सहयोग

    युक्रेनलाई युरोपेली सङ्घको सैन्य सहयोग

    2.2K
    Shares
    युक्रेनलाई युरोपेली सङ्घको सैन्य सहयोग

    किभ । युरोपेली सङ्घले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ। सङ्घमा आवद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलव्ध गराउने निर्णय गरेको हो।

    युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० लाख युरो बराबरको सहायता प्रदान गर्न सङ्घ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए। सङ्घले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ खेप हुनेछ। युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली सङ्घ भएको छ। सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ।

    पश्चिमा देशले युक्रेनलाई हतियार उपलव्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ। बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च सङ्घसंस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend