logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • कुवेतको संसदमा विवाद भएपछि मन्त्रिपरिषदले दियो राजीनामा

    कुवेतको संसदमा विवाद भएपछि मन्त्रिपरिषदले दियो राजीनामा

    2.1K
    Shares
    कुवेतको संसदमा विवाद भएपछि मन्त्रिपरिषदले दियो राजीनामा

    एजेन्सी । कुवेतको मन्त्रिपरिषद्ले विपक्षी नेतृत्वसँग संसद्मा विवाद भएपछि राजीनामा दिएको छ । प्रधानमन्त्री शेख अहमद नवाफ अलअहमद अलसबाहले युवराज शेख मेसल अलअहमद अलजाबेर अलसबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार समिति कुनाले जनाएको छ ।

    कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जनाएको छ । यद्यपि विवादबारे विस्तृत विवरण दिइएको छैन । संसद्को बैठक आजका निम्ति बोलाइएको थियो ।

    गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend