logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुन्छौं : सिके राउत

    उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुन्छौं : सिके राउत

    2.3K
    Shares
    उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुन्छौं : सिके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफुहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुने बताए । फरक प्रसंगमा संसद बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै जनमत पार्टीका अध्यक्ष सिके राउतले आफुहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुने बताएका हुन् ।

    उनले आफुहरु सरकारमा काम गर्न जाने भन्दै सो मन्त्रालयबाट मात्रै आफूहरुको एजेण्डा कार्यान्वयन गर्न सहज हुने बताए ।

    उनले भने– ‘सहमति अनुसार मन्त्रालय हुनुपर्छ । उद्योग मन्त्रालय पायो भने हाम्रो एजेण्डा कार्यान्वयन गर्न सहज हुन्छ । हामी काम गर्नका लागि जाने हो । हामीलाई उद्योग मन्त्रालय दिने औपचारिक जानकारी छैन । हामी आशा गर्छौं कि अर्को मन्त्रिपरिषद् बैठकबाट यो कुरा टुंगिन्छ ।’

    उनले आगामी मन्त्रिपरिषद् बैठकबाट सो विषय टुंगोमा पुग्नेमा विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend