logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ : योगेश भट्टराई

    तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ : योगेश भट्टराई

    2.3K
    Shares
    तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ : योगेश भट्टराई

    काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताए । मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने– ‘संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष भनेपछि त्यो भन्दा बढी जान मिलेन । पाँच वर्षको समयअवधिभित्र राष्ट्रपतिको निर्वाचन गर्ने । निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने हो नेपाल सरकारको राय सल्लाहमा । तोकेको मितिमा नेकपा(एमाले) तयार नै छ । एमालेसँग यसमा विवाद गर्नुपर्ने कुनै विषय पनि छैन । हामी त्यसको विवाद र बहसमा तानिएका पनि छैनौँ । केही समस्या छ भने निर्वाचन आयोगले फुकाओस् र छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन होस् ।’

    उनले राष्ट्रपति पदका लागि विपक्षी दलका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गरे । उनले राष्ट्रिय सहमती एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह पनि गरे ।

    उनले भने– ‘मेरो सोधाई के छ भने रामचन्द्र दाईलाई पौष १० गते अगाडी त यो गीत गाउनु भएन उहाँले । यो गित अचानक पौष १० गते पछाडी किन आयो ? राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुहुन्न भन्ने हाम्रो भनाई होइन । तर राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट होइन । राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो । संवैधानिक प्रक्रियामा सहमति हो । पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो । रामचन्द्र दाईजस्तो एउटा वरिष्ठ नेताले त्यो आशयले बोल्नुभएको हो कि होइन मलाई थाहा छैन । तर राष्ट्रिय सहमतिलाई यति हल्का रुपमा नलिऔँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend