logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

    पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

    1.2K
    SHARES
    पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पाँचखाल नगरपालीकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । “मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ”, उनले भने । हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ ।


    nmb


    स्थानिय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिन सो कार्यक्रमले महिला उद्यमशिलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार बताउछन् । यसका लागि पाँचखाल–७ मा ९८ रोपनी जग्गा २५ वर्षका लागि उपलब्ध गराउने योजना छ ।

    औद्योगिक ग्राम सञ्चालनपछि रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने नगरप्रमुख खरेलले बताउनुभयो । “जमिन सम्याउने र पहुँच मार्ग निर्माणको काम सकिएको छ”, उनले भने । हरित ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ, नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भएको हो । प्रारम्भिक चरणमा रु ६० लाख विनियोजन गरिएको थियो ।

    बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका पाँच स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा सरकारले औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको थियो । त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन तथा मकवानपुर, दोलखा र चितवनमा एक÷एक औद्योगिक ग्राम निर्माण गर्न सरकारले ९२ लाख बजेट छुट्एको थियो । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend