काठमाण्डौँ – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुल्ला गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउँछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा माघ १७ गते हुने छ। यो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएको खण्डमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिने छ।
माया खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।