logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    2.2K
    Shares
    सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज बिहान तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको थियो ।

    “पश्चिमी न्यून चापीय प्रणालीको असर पश्चिमी भेगमा पर्ने देखिन्छ । आइतबार अपरान्हदेखि सुदूरपश्चिम र कर्णालमा बदली भइ हल्का वर्षाको सम्भावना छ । आइतबार र सोमबार मौसम बिग्रिए पनि उक्त बादल क्रमशः पश्चिमबाट मध्यभेगतिर प्रवेश गर्ने भए पनि वर्षा गराउने भने देखिँदैन”, मौसमविद् अधिकारीले भने।

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १ मा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend