logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

    हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

    1.8K
    Shares
    हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

    मुगु । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।

    यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

    विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्घ हुने गरेकामा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend