logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा

    जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा

    2.1K
    Shares
    जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा

    सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत एक हजार बढीले निःशुल्क उपचार गराएका छन् ।

    सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिइएको थियो ।

    स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा इकाइले निःशुल्क दिएको सेवा प्रभावकारी भएको स्थानीय बताउछन् ।

    छ महिनाको अवधिमा एक हजार दुई सय ८२ जनाले निःशुल्क सेवा लिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । सेवा लिनेमा ज्येष्ठ नागरिक पाँच सय ८७ जना, आर्थिक अवस्था कमजोर भएका छ सय ९५ जना रहेका छन् ।

    हालसम्म रू १२ लाख ५४ हजार सात सय खर्च भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार विभिन्न लक्षित समूहका बिरामीले निःशुल्क स्वास्थ्य उपचारको लाभ लिएका हुन् ।

    सम्बन्धित लक्षित समूह प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गरिएको हो । अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापिलगायतका सेवा सञ्चालनमा छन् ।

    सामाजिक सेवा इकाइ बाहेक साउनदेखि पुुस मसान्तसम्म २४ हजार आठ सय २४ जनाले सेवा लिएको सूचना अधिकारी खत्रीले बताए । त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नौ हजार पाँच सय ८३ जनाले उपचार लिएका छन् । अस्पतालमा छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् ।

    विसं २०३३ मा निर्मित यस अस्पतालमा ५० शय्या छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend