logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • आगामी २०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

    आगामी २०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

    3.2K
    Shares
    आगामी २०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

    काठमाडौँ । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो ।

    कतिपय जिल्ला तथा विद्यालयहरूबाट शैक्षिक शत्र कहिलेदेखि शुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए ।

    केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै सोही निर्णयको आधारमा स्थानीय तहमार्फत विद्यालयमा जानकारी गराई कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरेको छ ।

    चालू शैक्षिक शत्र असार १ गतेदेखि सुरू भएको थियो । हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend