logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • हिरासत कक्षको भित्ता फोरेर ६ जना अभियुक्त फरार

    हिरासत कक्षको भित्ता फोरेर ६ जना अभियुक्त फरार

    1.9K
    Shares
    हिरासत कक्षको भित्ता फोरेर ६ जना अभियुक्त फरार

    धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरु फरार भएका छन् । आईतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

    उनले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार मुद्दा, २ जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाको रहेको बताए ।

    प्रहरीका अनुसार फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्दा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्दा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्दाका आरोपीहरु रहेका छन् ।

    हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ । फरार आरोपीहरको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend