logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • हिरासतबाट ६ जना थुनुवा भागेको घटनामा ३ प्रहरी निलम्बित

    हिरासतबाट ६ जना थुनुवा भागेको घटनामा ३ प्रहरी निलम्बित

    2.8K
    Shares
    हिरासतबाट ६ जना थुनुवा भागेको घटनामा ३ प्रहरी निलम्बित

    जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो ।

    त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले बताए ।

    आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए ।

    जसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend