logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि

    नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि

    3.3K
    Shares
    नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि

    विराटनगर । नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि ९ गतेसम्म विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

    महाधिवेशन उद्घाटनको दिन कराँँते,उषु, तेक्वान्दो लगायत अन्य खेलहरु प्रर्दशन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गितमा सांस्कृतिक कार्यक्रम समेत हुने छन् ।

    महाधिवेशन सम्पन्न गर्न हाल कायम रहेको २१६ सदस्यीय केन्द्रिय कमिटी नै मुल व्यवस्थापन समिति रहने तथा प्रदेश न. १ र मधेश प्रदेश महासंंघका जिम्मेवार कमरेडहरुको महाधिवेशन व्यवस्थापनमा विशेष सहभागिता रहने निर्णय गरिएको महासंघका अध्यक्ष पशुराम बस्नेतले बताए । यिनै निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हो ।

    बस्नेतले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend