logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

    सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

    2.9K
    Shares
    सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

    काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ ।ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

    ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।

    हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल नगरेको देख्न सकिन्छ । पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend