logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • मुलुक संघीयतामा गएपनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बदलिएको छैन : सांसद बलायर

    मुलुक संघीयतामा गएपनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बदलिएको छैन : सांसद बलायर

    2.1K
    Shares
    मुलुक संघीयतामा गएपनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बदलिएको छैन : सांसद बलायर

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद बीरबहादुर बलायरले मुलुक संघीयतामा गएपनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण नबदलिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बैठक बोल्दै उनले
    यस्ताे बताएका हुन् ।

    उनले सुदूरपश्चिमले संघीयताको पहिलो पाँच वर्षमा आफ्नै राजधानी समेत तय गर्न नसकेको बताए ।

    ‘सातै प्रदेशमा राजधानी तोकिएका छन् । अरु प्रदेशका राजधानी पहिल्यै बनिसकेका सहरहरूमा तोकिएको छ । तर, सुदूरपश्चिममा जंगलमा राजधानी घोषणा भएको छ,’ उनले भने, ‘न ठाउँ फेर्न सक्ने अवस्था छ, न त कुनै संरचना बनाउन सकिएको छ ।’

    उनले प्रदेशले राजधानी बनाउन नसक्ने भन्दै संघीय सरकारले त्यसका लागि बजेट र आवश्यक प्रक्रिया खुला राखिदिनुपर्ने बताए । ‘मुलुकको आवश्यकतालाई महसुस गरेर हामीले सरकारलाई समर्थन दिएका हौं । तर, सरकारले प्रदेश राजधानीको जमीनको भोगाधिकार रोकेर राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend