logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट

    छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट

    3.1K
    Shares
    छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट

    काठमाडौं । छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट हुने भएको छ । आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुने जनाकारी दिएको हो ।

    प्रतियोगितामा साविकको विजेता नेपाल एपिएफ क्लवसँगै, न्यु डायमण्ड युथ स्पोर्टस क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीले सहभागिता जनाउँदै छन् । सहभागी टोलीलाई आयोजकले दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा सञ्चालन गर्ने जनाएको छ ।

    पाँच दिनसम्म सञ्चालन हुने तियोगिताको विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कार राशि अघिल्लो संस्करणको भन्द बढी हो ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जानकारी दियो । यस्तै व्याक्तिगत विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको इमर्जिङ खेलाडी एक जनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    प्रतिष्ठानले प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गर्ने भएको छ । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ देखि हरेक वर्ष राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend