logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    युक्रेनको सहयोगका लागि युक्रेन र अष्ट्रियाका राष्ट्रपतिको भेट

    युक्रेनको सहयोगका लागि युक्रेन र अष्ट्रियाका राष्ट्रपतिको भेट

    1.3K
    Shares
    युक्रेनको सहयोगका लागि युक्रेन र अष्ट्रियाका राष्ट्रपतिको भेट

    एजेन्सी । युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ ।हाल युक्रेनको भ्रमणमा रहेका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका हुन् ।

    उनिहरुका बीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ । सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ ।भेटपछि युक्रेनका राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले जानकारी दिएको छ । रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनका लागि हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन् ।

    युरोपियन युनियनले पनि युक्रेनलाई विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस क्रममा आफूहरुले पनि युक्रेनलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता सो क्रममा अष्ट्रियन राष्ट्रपतिले जानकारी दिएका थिए ।

    त्यस अवसरमा युक्रेनी राष्ट्रपति जेलिनिस्कीले युक्रेनलाई सहयोग गर्दै आएकामा अष्ट्रियालाई धन्यवाद दिएका थिए । युक्रेनलाई अष्ट्रियाले विगतमा गरेर २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend