logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अस्पतालमा आगलागी हुँदा ३ जनाको मृत्यु, ३२ जना घाइते

    अस्पतालमा आगलागी हुँदा ३ जनाको मृत्यु, ३२ जना घाइते

    2.2K
    Shares
    अस्पतालमा आगलागी हुँदा ३ जनाको मृत्यु, ३२ जना घाइते

    एजेन्सी । इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् ।

    बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend