logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • पानी नपरेपछि किसान चिन्तित

    पानी नपरेपछि किसान चिन्तित

    1.9K
    Shares
    पानी नपरेपछि किसान चिन्तित

    रसुवा । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।

    समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो ।

    सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् ।

    “मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारकोजस्तै तलै छन् । यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ”, स्थानीय किसान याकबहादुर लिम्बूले भने। हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको सङ्कट हुने उनको भनाइ छ ।

    यहाँको वृदिम, खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, स्याफ्रु, धुञ्चे, राम्चे, यार्सालगायतका स्थान बढी प्रभावित भएका छन् । यी क्षेत्रमा सिँचाइ नभएको र हिमपातको चिसोमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन् ।

    दक्षिणी भेकको डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा, भोर्ले, धैबुङ, सरमथलीलगायतका स्थानमा भने सिँचाइ व्यवस्था भएको जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend