logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेरो मन कहिल्यै बुढो हुँदैन : राजेश हमाल

    मेरो मन कहिल्यै बुढो हुँदैन : राजेश हमाल

    2.1K
    Shares
    मेरो मन कहिल्यै बुढो हुँदैन : राजेश हमाल

    काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

    १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए । सो अवसरमा उहाँले आफ्नो गीत आएर सुनाएका थिए । उनले कलाकार जितु नेपालको चलचित्र ह्यारी की प्यारी अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गरे ।

    त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रवारबाट चलचित्र ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको प्रेम कहानीको उत्तारचढाव रहेकाले सबेले हेरेर साथ दिन आग्रह गरे ।

    गीतमा स्वर यश कुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनी लगायतका कलाकाको अभिनय रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend