logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

    तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

    2.4K
    Shares
    तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

    दाङ । दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको रु साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो ।

    लिफ्टसहित सात तलाको टावर निर्माणका लागि अहिले जग निर्माण गर्ने कार्य भइरहेको छ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । रु २३ करोडमा बोलपत्र आह्वान गरिए पनि समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक रु साढे १४ करोडमा ठेक्का लिएको बताइएको छ ।

    कूल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुनेछ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend