logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवन उद्घाटन

    प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवन उद्घाटन

    1.7K
    Shares
    प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवन उद्घाटन

    सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेका छन् ।

    सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गरेका थिए । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता रहेको थियो ।

    नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा एक अर्बभन्दाबढी रकम लगानी भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend