logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • परराष्ट्रमन्त्री पौड्यालले आज साँझ श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्ने

    परराष्ट्रमन्त्री पौड्यालले आज साँझ श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्ने

    897
    SHARES
    परराष्ट्रमन्त्री पौड्यालले आज साँझ श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्ने

    काठमाडौँ । श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री अली सब्रिसँग भेट गर्ने कार्यक्रम रहेको छ । भेटवार्तापछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।

    भोलि बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ । कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend