logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अरुको बैंक एकाउन्ट ह्याक गरि रकम चोरी गर्ने ८ जना प्रहरीको फन्दामा

    अरुको बैंक एकाउन्ट ह्याक गरि रकम चोरी गर्ने ८ जना प्रहरीको फन्दामा

    2.2K
    Shares
    अरुको बैंक एकाउन्ट ह्याक गरि रकम चोरी गर्ने ८ जना प्रहरीको फन्दामा

    काठमाडौं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना प्रहरीको फन्दामा परेका छन् । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

    सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौंधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारत बिहार प्रदेशका अवधेश कुमार पक्राउ परेका हुन् ।

    उनीहरुलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए । उनीहरुको साथबाट नौं थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend