logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • भिरमा अड्किएका ५३ वर्षीय पुरुषको सकुशल उद्धार

    भिरमा अड्किएका ५३ वर्षीय पुरुषको सकुशल उद्धार

    1.6K
    Shares
    भिरमा अड्किएका ५३ वर्षीय पुरुषको सकुशल उद्धार

    पर्वत । पर्वतको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिड्ने क्रममा भिरमा खसेका थिए ।

    सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट सशुकल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएईको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend