logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’

    फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’

    2.3K
    Shares
    फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’

    काठमाडौं । फागुन ९ गते मंगलवार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिनेछन् ।

    आयोजक आइ लाइभ नेपालले ‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरुका लागि एक अनौठो महशुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पुर्‍याउने अपेक्षा राखेको बताए ।

    नेभरल्याण्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको उनले बताए । ‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका ¥यापर युएण्डबी क्लव प्लाटिनममा प्रस्तुत हुनेछ ।

    ग्ल्याबो ल्होसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ को सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिने छ । नेभरल्याण्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend