logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले विशेषाधिकार पाउन सक्दैन : गगन थापा

    बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले विशेषाधिकार पाउन सक्दैन : गगन थापा

    949
    SHARES
    बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले विशेषाधिकार पाउन सक्दैन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

    नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेको विषयमा बोल्दै उनले बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ। मेरो धारणा स्पष्ट छ-बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’

    उनले अगाडि भनेका छन् ‘एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन। पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ।’ No If, No But !


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend