काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक शुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा शुरु भएको हो । आजबाट शुरु भएको केन्द्रिय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्ने र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रश्तुत गर्नेछन् ।
बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ ।