logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • मुख्यमन्त्रीको पद संकटमा

    नागरिक उन्मुक्ति पार्टीको अडान कायमै, मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने

    नागरिक उन्मुक्ति पार्टीको अडान कायमै, मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने

    2.4K
    Shares
    नागरिक उन्मुक्ति पार्टीको अडान कायमै, मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ। पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले अहिलेकै अवस्थामा प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताइन् ।

    सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य विश्वासको मत दिने आधार नबनेको जनाउँदै अहिले पनि काठमाडौँमै रहेका छन् ।

    यो सँगै मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस भएको छ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

    बैठक ४ बजे बस्दै

    सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ । प्रदेशसभा सचिवालयले टाँस गरेको सूचनामा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुखको निर्देशनमा अपराह्न ४ बजे बस्ने गरी सारिएको जनाइएको छ । यसअघि हिजो बुधबार बोलाइएको बैठक पनि स्थगन गरेर आज १ बजेका लागि बोलाइएको थियो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते संविधानको धारा १६८ (२) बमोजिम एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिई सक्नुपर्छ । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

    प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रापाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा ९एकीकृत समाजवादी०का चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend