logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

    अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

    3.3K
    Shares
    अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् । शुक्रवार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् । उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए ।

    उनले लामो समय देखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताए । उनले अटोमोबाइल्समा विलासिताका सवारी साधन भएपनि अटोमोबाइल्स विलासिताको वस्तुको रुपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताए । अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे ।

    अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गरे । उनले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । उनले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गरे । उनले अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यत्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताए ।

    उनले भने,‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन । आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ । अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन । आवश्यकता र विलासिताको सम्बन्धमा मानकहरु परिवर्तन हुँदै जान्छन् । विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो । तर अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ । राज्यले पूर्वाधार निर्माणमा ठूलो लगानी लगाउँछ । त्यसमा पनि सडक पूर्वाधारमा लगाउने गर्छ । त्यो सडक पूर्वाधारमा गुड्ने सवारी साधन सबैलाई विलासिताको वस्तु हो भनेर ट्याग लगाएर बस्न सक्दैनौंं । यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिन्छु । विद्युतीय सवारी साधनको आवश्यकता प्रतिदिन बढ्दै गएको छ । नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु र्छ । नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला छ भन्ने स्पष्ट पार्न चाहन्छु । विद्युतीय सवारीको आयात र प्रयोग गर्ने निहुँमा गुणस्तरहीन आयत रोक्नुपर्छ ।’

    त्यस्तै,नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए । उनले राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको बताए । उनले अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए । उनले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । उनले वर्तमान सरकार आएपश्चात व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको गुनासो गरे ।

    उनले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend