logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

    टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

    2.8K
    Shares
    टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

    इस्तानबुल  । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ ।

    अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाई हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

    भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

    सिरियामा टर्की निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ । रासस/सिन्ह्वा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend