logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने गगन थापाको घोषणा

    फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने गगन थापाको घोषणा

    4.1K
    Shares
    फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने गगन थापाको घोषणा

    रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने घोषणा गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दावी गरेका हुन् ।

    फागुन १० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने र भत्काएरै छाड्ने थापाले घोषणा गरेका छन् । शीर्ष नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरेका छन् ।

    महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने बताए । उनले भने ‘फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार निर्वाचित गराउने छौ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend