logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिलिण्डर विस्फोटमा परेकी सांसद भण्डारीकी आमाको निधन

    सिलिण्डर विस्फोटमा परेकी सांसद भण्डारीकी आमाको निधन

    1.1K
    Shares
    सिलिण्डर विस्फोटमा परेकी सांसद भण्डारीकी आमाको निधन

    काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो ।

    बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए ।  उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो ।

    सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend