logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?

    प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?

    1.5K
    Shares
    प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?

     

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत)समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित भएर छलफल भएको हो ।

    सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री दाहालले बताए । उनले काँग्रेससँगको पुरानो गठबन्धन व्यूताउने विषयलगायतका कुनै पनि विषयमा फाईनल नभएको प्रतिक्रिया दिए । प्रधानमन्त्री दाहालले भने, ‘१३ गते त टुंगि हाल्छ नि । पुरानो गठबन्धन ब्यूताउने विषयमा केही पनि फाईनल भएको छैन ।’

    यता, अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भईरहेको र भोलीसम्ममा टुंगोमा पुगिने बताए । उनले आफूहरु देशको हित हुने विकल्पमा जाने पनि बताए । अध्यक्ष नेपालले भने, ‘कुराकानी चलिराखेको छ । राष्ट्रपतिबारे आजभोलीमा टुंगो लाग्छ । कसरी देशको राजनीतिलाई अगाडि बढाएर लैजाने भन्ने विषयमा छलफल भएका छन । हामीसँग अनेक अपशनहरु छन । ती अपशनहरुमध्ये वेष्ट अपशन के हुन्छ ? जुन अपशनले देशको राजनीतिलाई ठिक दिशामा लैजान सक्छ, देशको संविधानलाई जोगाउन, राष्ट्रिय हितलाई बचाउन भूमिका खेल्छ । त्यही अपशनमा जानुुपर्छ । त्यसो हुनाले यहाँ कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्नु भन्दा पनि कसरी देशको समस्यालाई हामीले सम्बोधन गर्ने भन्ने हो ।’

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई सो पार्टीले पनि तीव्रता दिएको छ । यता, प्रधानमन्त्री दाहाल भने काँग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिनु भएको छ । राष्ट्रिय सहमतीका लागि पनि काँग्रेसलाई समेटनुपर्ने भन्दै उहाँले काँग्रेस नेताहरुलाई राष्ट्रपति दिने बचन दिनु भएको बताइएको छ । यता, एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्री दाहालले निरन्तरता दिनु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend