काठमाडौँ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए ।
उनको प्रस्तावक र समर्थकमा ५–५ जना रहेका छन् । प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।
यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।