गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो २५ गतेसम्म सर्वसम्मतिको राष्ट्रपति बनाउने योजनामा आफू रहेको बताएका छन् । तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रम एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन आइतबार बारपाक सुलिकोट आएका प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने ‘मैले निर्वाचन लड्दै गर्दा जुनजुन राजनीतिक दल मिलेर भोट मागेका थियौं,गर्दै जाँदा परिस्थिति नयाँ बन्यो र म प्रधानमन्त्री भिन्न तरिकाले भएँ, हिजोमात्रै फेरि राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठदल एकठाउँमा भएका छौँ । नेकपा एमालेसँग पनि लगातार हाम्रो वार्ता र संवाद भइरहेको छ । हाम्रो कोशिस छ कि, २५ गतेसम्म जाँदा राष्ट्रपति सर्वसम्मत भयो भने धेरै राम्रो हुनेछ । त्यो कोशिस पनि हामी गरिरहेका छौँ ।’
सर्वसम्मतिको राष्ट्रपति नभए पनि स्थायित्व र विकासका लागि अझै सहयोगी र विश्वासको वातावरण बन्ने उनले बताए।