काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन्।
दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन्।
उनले लेखेका छन्, ‘संविधान गीता,बाईबल,कुरान जस्तो अपरिवर्तनीय हुंदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्नेहो तर उल्टो भईरहेको छ। –सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन’