logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन हुँदैन : उपराष्ट्रपति पुन

    आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन हुँदैन : उपराष्ट्रपति पुन

    1.3K
    Shares
    आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन हुँदैन : उपराष्ट्रपति पुन

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् । उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे ।

    शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताए । संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकि रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकतावद्ध भएर सरकारलाई खवरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाई थियो । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले भने, ‘क्षेत्रीहरु आदिवासी हुन कि होइनन भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरु हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरु पनि आदिवासी हुन भन्ने कुरा चाँही सही हो । यसका लागि आन्दोलन पनि उठेको थियो । र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो । त्यसमा हाम्रो अध्ययन पुग्नु पर्छ । गहिरिएर जानु पर्छ । आदिवासीहरु एकतावद्ध हुनु पर्छ जस्तो लाग्छ । त्यसो गर्दा आदिवासीहरुको बीचमा जो विभाजन आउँछ । अथवा बुझाईमा जो फरक पर्न जान्छ । त्यसले हाम्रो एकतालाई टुटाउने गर्छ । त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरु गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समूदायलाई एकतावद्ध गर्न सक्नु पर्दछ । मेरो अध्ययनले क्षेत्रीहरु आदिवासी नै हुन भनेर महशुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोडनु हुँदैन । हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरु गर्नेनै छौं ।’

    उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे । उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरुको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend