काठमाडौँ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका८ ढल विकास नजिक निर्माणाधीन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको हो ।
उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।