logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • एसियन क्रस कन्ट्रीमा दिपक अधिकारीलाई ऐतिहासिक स्वर्ण पदक

    एसियन क्रस कन्ट्रीमा दिपक अधिकारीलाई ऐतिहासिक स्वर्ण पदक

    1.4K
    Shares
    एसियन क्रस कन्ट्रीमा दिपक अधिकारीलाई ऐतिहासिक स्वर्ण पदक

    काठमाडौं । दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन् ।

    गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो । १३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

    यस्तै, जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे । नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।

    सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण जितेको छ । दीपक, मुकेशसँगै दिपक सुहाङ नेपालका लागि टिममा स्वर्ण दिलाए । यस इभेन्टमा इरानले रजत र भारतले कास्य पदक जितेको छ ।

    च्याम्पियनसिपमा नेपालले सिनियर महिला १० मिटरमा नेपालकी राजपुरा पछाईले रजत जितिन् । महिला सिनियर टिमतर्फ पनि नेपालले रजत जित्यो । यस बाहेक नेपालले जुनियर महिलामा दुई रजत र जुनियर पुरुषमा एक कास्य जितेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend