काठमाडौं । भलिबलकी अरुणा शाहीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।
मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा भलिबलकी शाहीलाई वर्ष महिला खेलाडी अवार्डको उपाधि हस्तान्तरण गरिएको हो ।
क्रिकेटकी रुबिना क्षेत्री, सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछि पार्दै भलिबलकी शाहीले अवार्ड जितेकी हुन् । नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि अरुणाकै कप्तानीमा जितेको थियो ।