logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू भएको छ’

    ‘लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू भएको छ’

    1.8K
    Shares

    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण नारीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको संविधानले लैङ्गिक भेदभावविना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

    आज महिला अन्तर्राष्ट्रिय नारी दिवसको विश्वभरि ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला अधिकार, सशक्तिकरण र आत्मसम्मान प्राप्तिको ठूलो उत्सवका रुपमा विश्वभर मनाइँदै आइएको छ । नेपालमा आजको दिनलाई राजनीतिक चेतना र जागरण विस्तारको महाअभियानका रुपमा पनि मनाइँदै आइएको मुख्यमन्त्री गिरीले स्मरण गरेका छन्।

    जहानियाँ राणाशासन, निरकुङ्श पञ्चायती शासन व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय छ । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाइँमा मात्रै सीमित नभएर लोकतान्त्रिक आन्दोलनको फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पुर्‍याउन नारी दिवसका अवसरमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्रीले महिलाको सक्रियता, जुझारुपन र अठोटको सम्मान व्यक्त गरेका छन् ।

    अझै नेपाली महिला कथित बोक्सी, छाउपडी र दाइजो जस्ता कुप्रथाका नाममा पीडित भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यस्ता कुप्रथाको अन्त्य गर्नुपर्छ । कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पुर्‍याउँदै अघि बढे यी सबै समस्याको समाधान सम्भव छ ।’ संविधानको सफल कार्यान्वयन गर्दै महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न उनले सबै राजनीतिक दल, सङ्घसंस्था र आम नागरिकमा अपिलसमेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend