काठमाडौँ । ब्याटर आसिफ शेखले एक दिवसीय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका छन् । क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनीविरुद्ध शुक्रबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।
आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् । आसिफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९० बल खेली १० चौका र २ छक्का प्रहार गरिसकेका छन् । आसिफ ९० रन बनाएर खेलिरहेका छन् ।
यसअघि कप्तान रोहितकुमार पौडेलले पनि एक दिवसीय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।